धुर्मुसले भने, ‘एक छाक खान नपाउदाँको पिडा राम्ररी बुझेको छु’
मज्जाको अनलाईन, बैशाख २५ गते, शुक्रबार, २०७२, ललितपुर ।
भूकम्प पीडितको घाँउमा मलम लगाउन अनि राहत बाड्ने अभियानमा सक्रिय देखिएका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ तथा ललितपुरका विभिन्न प्रभावित क्षेत्रहरुमा पुगिईसकेका छन् ।
विभिन्न जिल्लामा राहत वितरण अनि स्वास्थ्य सम्बन्धि जनचेतना जागउने अभियानमा ‘मेरी बास्सै’ र ‘भद्रगोल’को टोली मिलेर अघि बढिईरहेको छ । आज यो टोली ललितपुर जिल्ला भित्रै रहेको अति विकट भनेर चिनिने ठूला दृर्लुङमा पुगेर राहत वितरण गरेको छ ।
‘एक छाक पनि खान नपाउँदा कस्तो पीडा हुन्छ भन्ने कुरा म राम्रोसँग अनुभव गर्छु,’ निकै भावुक हुँदै धुर्मुसले भने, ‘गरिबीको पीडा अनि गाँउले जीवन राम्रोसँग बुझेको मान्छे हुँ, म सक्दो सेवा गर्छु । महाबिपत्तिका बेला कलाकारहरुले आफ्नो सामाजिक उत्तरदायित्व कहिल्यै भुल्न नहुने पनि उनी बताउछन् ।
‘धुर्मुस’ले एक वर्षकी काखे छोरी अरुकै रेखदेखमा छाडेर दिनरात नभनी खाद्यन्न, पाल, ओछ्याउने म्याट, डाक्टर र औषधीसमेत लिएर राहत पुग्न नसकेको ठाँउहरु खोज्दै पुगिईरहेका छन् । ‘भद्रगोल’का कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’ कुमार कट्टेल ‘जिक्री’, हरी निरौला ‘कक्रोज’ ‘मेरी बास्सै’का सुरेश थापा ‘दर्शने’, गोपाल लामा कार्की दाई पनि पिडितको सेवामा जुट्न पाउदाँ खुशी लागेको प्रतिक्रिया दिन्छन् ।
केही महिना अघि मात्र नेपाल सरकारका तर्फबाट सरसफाई दूत नियुक्त भएका धुर्मुस र सुन्तलीले राहत वितरणको कार्य सक्नेबित्तिकै प्रभावित क्षेत्रमा अस्थायी चर्पी निर्माणको अभियान थाल्ने पनि जानकारी गराएका छन् । भुकम्पको बेला अमेरिकामा रहेका ‘धुर्मुस’ र ‘सुन्तली’ अमेरिकाबाट नेपाल आएदेखि नै सक्रिय रुपमा धुकम्प पिडितहरुलाई राहत बाढ्ने काममा लागिपरिरहेका छन् । उनीहरुले सरसफाईको लागि भनेर अमेरिकामा जम्मा गरेको १६ लाख ५० हजार रुपैया भुकम्प पिडितहरुको लागि राहत बाड्न प्रयोग गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV