बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले उत्कृष्ट अभिनय र गायकी बाट करोडौ दर्शकको मन जितिसकेकी छिन् । उनले हालसालै मात्र पनि २०१५ की बेस्ट अभिनेत्रीको अवार्ड उचालिसकेकी छिन । लगातार हिट फिल्म दिने र फिल्ममा गर्ने जर्बरजस्त अभिनयका कारण ‘पिसी’ अर्थात प्रियंका चोपडालाई मन पराउनेको संख्या अधिक छ । त्यसैले पनि होला ‘पिसी’को पारिश्रमिक दिनाहुदिन बढीरहेको समाचारहरुले बेलाबखत मिडीयामा हाइप लिइरहेको हुन्छ ।

????????????????????????

केहि साता अघि मात्र उनले बिहेको पार्र्टीमा नाचेबापत ८ करोडको अफर लत्याएको खबर मिडीयामा आएको थियो । अब सुन्नमा आए अनुसार ‘पिसीे’लाई एक अमेरिकी टेलिभिजन च्यानल ‘एबिसी’को टिभी सो को लागी उक्त टिभी च्यानलले २५ करोड भारुमा अनुबन्ध गरेको छ ।

एक बर्षसम्मको कन्ट्याकको लागी प्रियंकालाई अनुबन्ध गरिएको हो । र प्रियंकाले उक्त टिभी शो ३ महिनासम्म होस्ट गर्ने भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

priyanka1

३ महिनासम्म अमेरिकाको लस एन्जल्समा बस्नको लागी प्रियंको लागी एउटा घर लिएको पनि बताइएको छ । अमेरिकाको नेटवर्कले बलिउड अभिनेत्रीलाई अनुबन्ध गरेको यो पहिलो पटक हो । । ‘पिसी’ले फिल्म ‘बाजिराव’ को शुट्ीङ्ग पछि उक्त कन्ट्याक्ट पुरा गर्नेछिन ।

– एजेन्सीको सहयोगमा

For More videos Log on to Mazzako TV